काठमाडौं/ प्रतिनिधिसभाको सोमबारबसेको संसद बैठकमा सांसदहरुले जथाभावी कर लगाएको भन्दै विरोध जनाएका छन् । सरकारलाई त्यस तर्फ सचेत गराउँदै तत्काल गम्भीर हुन ध्यानाकर्षण गराएका छन् ।
बैठकको विशेष समयमा बोल्दै सांसद हृदयश त्रिपाठीले देशभरी कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै सरकारले यसलाई बेलैमा नसम्हाले भयावह अवस्था आउने चेतावनी दिए । स्याङजामा एक जना ज्योतिषलाई पनि २ हजार कर लगाईएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाइहाल्ने , अब मान्छे देख्यो भने कर लगाउला भन्ने डर भइसक्यो’ उनले भने ।
सरकार समयमै सचेत नभए करकै कारण संघीयता बद्नाम हुने उनले जनाए । ‘ त्यस तर्फ ध्यान नदिए सबैले आआफ्ना इष्ट देवको फोटो लिएर रुनुपर्ने दिन आउँला’ उनले भने ।
कर वृद्धिलाई आम जनताले निर्वाचनले दिएको उपहार भन्ने बुझ्न थालिसेकेको उनले टिप्पणी गर्दै उनले सरकारसंग कर वृद्धिको समस्या अबिलम्ब सम्बोधन गर्न माग गरे ।
‘राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिंदेनले सरकारले इन्टरनेट सेवामा लाग्ने कर फिर्ता लिएको घोषणा गरे पनि मोवाइल डाटा प्याकमा ३० प्रतिशतसम्म कर वृद्धि कायमै रहेको जनाउँदै जनतालाई कर थुपारेर सरकार कहाँ जान खोजेको छ रु’भनेर प्रश्न गरे ।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले जन्मदर्ता र मृत्युदर्ताको सिफारिस गर्दा एक हजार लिनु न्यायोचित नभएको
जनाइन् ।


















