गौतमको श्रद्धाञ्जली सभा सम्पन्न

261

तुल्सीपुर/ तुल्सीपुर उपमहानगर पालिका वडा नं. १९ निवासी स्वर्गीय घनश्याम गौतमको १३ औं दिनको पूण्य तिथिका दिन आइतबार उनको निवास विजौरीमा नेपाली कांग्रेसले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति जगत वहादुर खड्काको सभापत्वि एबम् नेकाका जिल्ला सभापति कृति वहादुर खड्काको प्रमुख आथित्यमा सम्पन्न सभामा वोल्ने वक्ताहरुले शिक्षाप्रेमी, समाजसेवी एबम प्राविधिक शिक्षा भित्राउने एक असल व्यक्ति गुमाएको प्रति समाज तथा पार्टिमा अपुर्णीय क्षति भएको जनाएका थिए ।

सभामा नेपाली कांग्रेसका नेता हिमवहादुर डागी, श्याम कुमार रेग्मी, गोविन्द मज्गैया, ने.क.पा.का शेर वहादुर खड्का, ने.क.पा राप्ती व्यूरो सदस्य रामवहादुर थापा, नेकपा क्रान्तीकारीका नन्दराम रोका, नेकाका जोगेन्द्र विश्वकर्मा, गोतामे वन्धुका शरद गौतम लगाएकाले वोल्नु भएको थियो ।

स्वर्गीय गौतमका भाई रविराज गौतमले धन्यवाद दिनु भएको उ्रक्त सभाको सहजिकरण नेवि संघ जिल्ला सदस्य ऋषिश्वर न्यौपानेले गर्नु भएको थियो ।

जनता सस्कृत मावि विजौरीका विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष स्वर्गिय घनश्याम गौतमको १३ औं दिनको पूण्य तिथिका दिन आइतबार दुइवटा स्कूलले एक कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।

जनता सस्कृत मावि विजौरीका विद्यालय व्यवस्थापन समितिका काव अध्यक्ष कृष्णवहादुर के.सी (मदन)को अध्यक्षतामा सम्पन्न सभामा वोल्ने वक्ताहरुले शिक्षा क्षेत्रका एक सामाजिक व्यक्ति गुमाएकोमा दुख्ख व्यक्त गरेका थिए । साथै स्वार्गीय गौतमले स्कूल प्रतिको योगदानवारे जति चर्चा गरे पनि कम हुने भन्दै गौतमले देखाएको समाज प्रतिको दायित्वलाई अनुसरण गर्नु पर्ने कुरामा जोड दिएका थिए । सभामा शिक्षक अरुण कुमार आचार्य, विद्यार्थी प्रवेश पोख्रेल लगाएतकाले वोल्नु भएको थियो ।

दुइ स्कूल जनता सस्कृत मावि र न्यू स्टार वोर्डिङ स्कूलको संयुक्त आयोजनामा सम्पन्न सभामा न्यू स्टार स्कूलका व्यवस्थापन समितिका अध्यक्ष टेशिराज पोख्रेलले स्वार्गीय गौतमको व्यक्तित्व तथा जिवनीवारे प्रष्ट पारेका थिए । गौतमको उपचारका क्रममा लखनउमा असार १५ गते निधन भएको थियो । उक्त श्रद्धाञ्जली सभाको सहजीकरण शिक्षक टिकाराम पौडेलले गर्नु भएको थियो ।

स्वार्गीय गौतम परिवारले एक कार्यक्रमको आयोजना गरि क्षेत्रीय आयूर्वेद चिकित्सालय विजौरीमा रहेका विरामीहरुलाई फलपूmल वितरण गरिएको छ । फलफूल वितरण कार्यक्रममा डा. मेसु रामकामेश्वर ठाकुरले विरामीहरुलाई फलफूल वितरण गर्नु भएको थियो । फलफूल वितरण गर्दे ठाकुरले समाजले एउटा असल एबम् सामाजिक व्यक्ति गुमाएको प्रति दुख्ख व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here