– राकेश कुमार शर्मा ( स्वतन्त्र नेपाली नागरिक)
विक्रम सम्वत २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ । संघीयता हाम्रो मुलुकका लागि घातक छ । प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगर प्रमुख(मेयर ) हरुलाई करोडौंको गाडी चढ्नलाई मात्र संघीयता हो र ? विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्था बाट गुज्रिरहेकोे छ । पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए । अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे ।
संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए है रित्याए । विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुको कारण राष्ट्रको स्वाधीनता धरापमा परेको छ । यसकारण आज सैनिक शासनको आवश्यकताका लागि पांचायन पुजा गरेको हो । दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन राष्ट्रहित , जनहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेकोे छ । प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुले निकास नदिएर राष्ट्रलाई अनिर्णयको बन्दी बनाई रहेका छन । राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन् एक मत र एक ढिक्का हुन्छन् । राष्ट्रलाई निकास दिनुर्पयो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन । सबै अलग–अलग कित्तामा र फरक–फरक मत राख्छन् किन ? यसकारण दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन राष्ट्रहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह ,श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेको छ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ ।
विक्रम सम्वत् २०६२/०६३ साल पछि प्रधानमन्त्रि, मन्त्रि, सभासद, साँसद र राजनितिक दलका नेताहरुको कारण मुलकको स्वाधिनता धरापमा परेको र राज्यकोष ढुकुटी दुरुपयोग भईरहेको छ । प्रधानमन्त्रि, मन्त्रि, सभासद, साँसद र राजनितिक दलका नेताहरुले लाज पचाए । विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । प्रधानमन्त्रि, मन्त्रि, नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्म निरपेक्षता लादे र पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए । काठमाडौंको राजधानीलाई आजसम्म व्यवस्थित र व्यवस्थापन गर्न नसक्नेहरुले प्रदेश राजधानीको व्यवस्थापन कसरी गर्न सक्छन् ?
हाम्रो मुलुकमा प्रधानमन्त्रि, मन्त्रि, सभासद, साँसद र राजनितिक दलका नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको खिल्ली उडाए । उदाहरणका लागी अमेरीका, भारत र चाईना आदि आदी जस्ता मुलृुकहरुलाई प्रजातान्त्रिक र गणतान्त्रिक मुलुक भनिन्छ ।
जग्गाको भु–भाग, हेक्टर र जनसंख्या बढि भएका विशाल मुलुकहरु अमेरीका, भारत र चाईना आदि आदि जस्ता मुलुकहरुका लागि संघीयता उपयुक्त छ । तर हाम्रो मुलुक नेपालको जग्गाको भु–भाग, हेक्टर र जनसंख्या भारतको बिहार प्रान्त÷ राज्यको पटना जत्रो सानो आकारको छ । यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता छैन । हाम्रो मुलुक नेपालको लागि संघीयता अफाब र घातक छ । संघीयताले मुलुकलाई असफल राष्ट्र बनाउँदै छ /बनाउँछ । सधैंभरि मुलुक संक्रमणकाल अबस्थाबाट गुज्रीेरहने हो भने अव हामो मुलुक नेपाल असफल राष्ट्रमा घोषित हुन बेर छैन निकट छ ।
एक्काईसऔं शताब्दीमा पनि आम नेपाली नागरीकहरुलाई जनचेतना र सचेतना नआएकोले हाम्रो मुलुकमा आर्थिक उन्नति र विकास नभएको हो । जुन मुलुकमा नागरकिहरु सचेत र जागरुक छन् । त्यस मुलुकमा आर्थिक उन्नति र विकास भई दिन प्रति दिन मुलुकले फड्को मारिरहेको अवस्था छ । हाम्रो मुलुकका नागरीकहरु सचेत र जागरुक नभएकोले प्रधानमन्त्रि, मन्त्रि, सभासद, साँसद र राजनितिक दलका नेताहरुले आफु मन लाग्दो र मनपरी काम गर्दै नागरकिहरुलाई झुक्याई रहेका छन् । नेपाली नागरीकहरुमा जनचेतना, सचेतना र जागरुकताको कमी छ । यसकारण नेपाली नागरीकहरु सचेत र जागरुक हुन जरुरी रहेको छ ।
नोट : विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेकोले श्राद्ध गरिएको हो ।
संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७३ साल श्रावण २० गते ,04 AUGUST 2016 A.D.
संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमा वि.सं. २०७३ साल भाद्र ६ गते,22 AUGUST 2016 A.D.
संविधानको श्राद्ध जिल्ला मकवानपुरको हेटांैडामा वि.सं. २०७३ साल भाद्र ९ गते ,25 AUGUST 2016 A.D.
संविधानको श्राद्ध जिल्ला चितवनको नारायणघाटमा विक्रम संवत २०७४ साल माघ ११ गते, 25 JANUARY 2018 A.D.
संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७४ साल माघ २१ गते संविधानको श्राद्ध गरियो ।
नोटः२०७५ साल पौष २५ गते बिहान ९ः३० बजे जिल्ला काठमाडौको भद्रकाली मंदिर नजिक सैनिक शासनको आवश्यकताका लागि पाञ्चायन पुजा गर्न लागेको व्यहोरा जानकारी गराउँदछु ।


















