संसारभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ८१ लाख नाघ्यो, ४१ लाख बढी निको

207
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ८१ लाख ८ हजार ६४८ पुगेको छ । बाने मृत्यु हुनेको संख्या ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
मंगलबार बिहान यो समाचार तयार पार्दासम्म  संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ५८१ पुगेको हो भने ४१ लाख ८८ हजार २१६ जना उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ८३ हजार २१५ जनाको मृत्यु भएको छ । २२ लाख २० हजार ९० जना संक्रमित भएकोमा ११ लाख ७४ हजार ९०७ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४५ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७ हजार ९१४ पुगेको छ । त्यसमध्ये १० लाख ८८ हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ४१ हजार १५८ जनाको मृत्यु भएको छ । १६ लाख ५४ हजार ११९ जना संक्रमित भएकोमा १० लाख १८ हजार १९९ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ६१ हजार ५४० जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार ५४६ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ६ हजार ७९३ जनाको ज्यान गएको छ भने २ लाख ५४ हजार २१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९४६ जना संक्रमित भएकोमा ८ हजार ४३९ जना संक्रमणमुक्त भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here