काठमाडौं – गण्डकी प्रदेश नं. ४ मा सोमबार थप १८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितसहित उक्त प्रदेशमा कुल कोरोना संक्रमितको संख्या बढेर दुई सय २३ पुगेको छ । थपिएका नयाँ संक्रमितहरु हालै विभिन्न मितिमा भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएकाहरु छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको जारी विज्ञप्तिमा उल्लेख छ ।


















