अवैध लागूऔषध सहित पक्राउ

111

काठमाडौं महानगरपालिका-२७ ज्याठा चोकबाट गोगंबु बस्ने बाग्लुङ ताराखोला गाउँपालिका-४ का २४ वर्षीय राजन छन्त्याल लगायत ६ जनालाई करीब १० केजी लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी : एकडारा गाउँपालिका-१ बस्ने ३२ बर्षीय रामएकवाल मण्डललाई करीब ७ केजी लागूऔषध गाँजा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । मनरा शिष्वा नगरपालिका-६ सरपल्लो स्थित सडकमा को.३ प ८४३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि राखेको पोका खोली हेर्दा उक्त लागूऔषध गाँजा फेला पारी मण्डललाई प्रहरीले पक्राउ गरको हो ।

सर्लाही : हरीपुर नगरपालिका-२ बलरामपुर बस्ने २५ बर्षीय शत्रुधन गिरीलाई करीब ५ केजी लागूऔषध गाँजा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ फरदहवास्थित सडकमा बि आर ०५ ९७७९ नम्बरको मोटरसाइकलमा सवार गिरीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा फेला पारी मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुर : राक्सिराङ गाउँपालिका-१ बस्ने ५१ बर्षीय राजकुमार वाईबालाई करीब ९० केजी लागुऔषध गाँजासहित सोमबार प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका-९ जयसिंहस्थित गस्तीमा खटिएको टोलीलाई देख्नासाथ गाँजा बोकी ल्याउँदै गरेका ५/६ जना ब्यक्तिहरु गाँजा फाली भाग्ने क्रममा वाईबालाई प्रहरीले पक्राउ गरेको हो । अन्य फरार ब्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here