आदिवासी जनजाति पत्रकारहरुबीच झ्याली बजाउँदै सञ्चार मन्त्री बाँस्कोटा

481

काठमाडौँ — ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट चार पत्रकार पुरस्कृत भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आइतबार १९ औं स्थापना दिवस मनाउँदै चार जना ‘आदिवासी जनजाति चार पत्रकारलाई पुरस्कृत गरेको हो ।

Image may contain: 3 people, people smiling, people standingनेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष पत्रकारिता क्षेत्रबाट योगदान दिने चारजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। पुरस्कृत हुनेमा पत्रकार उजिर मगर (अनलाइन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) छन्। जनही ४० हजार रुपैयाँ राशिसहितको यो पुरस्कार प्रदान गरिएको हो ।उनीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पुरस्कार हस्तान्तरण गरेका हुन्।

Image may contain: 13 people, people smiling, people standing and people sitting

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आइतबार १९ औं स्थापना दिवस मनाउँदै चार जना ‘आदिवासी जनजाति चार पत्रकारलाई पुरस्कृत गरेको हो । स्थापना दिवस मनाउँदै कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनु भएका सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई आदिवासी जनजाति पत्रकारहरुले आदिवासी जनजातिहरुले आफ्नो संस्कृति परम्परा अनुसारको बाजा बाध्य बादनहरुले स्वागत गेरेका थिए । झ्याली बजाउँदै सञ्चार मन्त्री बाँस्कोटाले कार्यक्रममा साथ दिएका थिए ।

Image may contain: 3 people, people standing and indoorकार्यक्रममा सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकारी सबै सञ्चारमाध्यम समावेशी रहेको दाबी गर्दै मन्त्री बाँस्कोटाले निजी समाचारमाध्यममा समावेशी हुन नसकेको जनाए । स्वतन्त्रताको नाममा केही मिडियाले विषयवस्तु बंग्याएर ुट्वीस्ट जर्नालिजम्ु गरेकोमा आपत्ति जनाउँदै उनले स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे।सरकार सबै सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्न चाहेको जनाउँदै उनले आफू पनि पूर्वपत्रकार भएकोले प्रेस स्वतन्त्रताप्रति गम्भीर भएको जनाए ।

Image may contain: 7 people, people smiling, people standingउजिर मगर
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गर्नु भएका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसक्नु भएको छ । हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुनुहुन्छ ।

Image may contain: 4 people, hatभैरव आङ्ला
२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता सुरु गर्नु भएका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसक्नु भएको छ । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहनु भएका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । उहाँले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत उहाँको योगदान पु¥याउनु भएको छ ।

Image may contain: 3 people, people smiling, hatछेटु शेर्पा
२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता सुरु गर्नु भएका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसक्नु भएको छ । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

Image may contain: 7 people, people standingबिमला चौधरी
२०६२ सालदेखि पत्रकारीता सुरु गर्नु भएका बिमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसक्नु भएको छ । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पु¥याउँदै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here