काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।
काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो ।
बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।
बारमा कोही पनि नभएका कारण बारका मालिकलाई बोलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
आगलागीबाट भएको क्षति र आगलागीका कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।
















