श्रीमतीलाई जबरजस्ती गरे पाँच वर्ष जेल

130

भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ। पत्नीको इच्छाविपरीत यौन सम्बन्ध राखेमा पतिलाई यस्तो सजाय तोकिएको हो। कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ।

नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ। जबर्जस्ती करणीका दोषीलाई हाल कार्यान्वयनमा रहेको मुलुकी ऐनको तुलनामा दोब्बर सजाय हुने व्यवस्था नयाँ संहितामा छ। मुलुकी अपराध संहितामा पीडित बालिका र महिलाको उमेर हेरीकन अपराधीलाई सजायको व्यवस्था गरिएको छ। बलात्कारमा संलग्नलाई ७ वर्षदेखि २० वर्षसम्म जेलसजाय हुने व्यवस्था गरिएको छ। सामूहिक रुपमा जबर्जस्ती करणी गरेमा अपराधीलाई थप पाँच वर्ष जेल सजाय हुन्छ । मुलुकी ऐनमा भने अपराधीलाई ६ देखि १० वर्षसम्मको जेल सजायको व्यवस्था छ। नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here