नहुने भयो प्रधानमन्त्री मोदीको पोखरा-लुम्बिनीको भ्रमण

143

काठमाडौँ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी र पोखरा भ्रमण स्थगित भएको छ ।बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् ।

भदौ १४ र १५ गते आयोजना हुन लागेको सम्मेलनमा आउने क्रममा लुम्बिनी र पोखराको भ्रमण गर्ने तयारी भएको अन्तिम समयमा आएर लुम्बनी र पोखराको भ्रमण रद्द गरिएको छ ।

जनकपुर र मुस्ताङ भ्रमण गरिसकेका मोदीको यसअघि पनि लुम्बिनी र पोखराको भ्रमण गर्ने तयारी विभिन्न कारणले स्थगित हुँदै आएको थियो ।

भारतीय दूतावास र नेपाल सरकार त्यसको तयारीमा जुटिसकेका थिए । यसपटक जसरी पनि लुम्बिनी र पोखराको भ्रमण गरेको तयारी सुरक्षाको कारण भ्रमण स्थगित गरिएको दूतावास स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here