भारतीय प्रधानमन्त्री मोदीले पशुपतिको धर्मशाला उद्घाटन गर्ने

124

काठमाडौ, साउन ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने तय भएको छ ।
भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार एक कार्यक्रममा बोल्दै भारतीय राजदुत मञ्जिव पुरीले यही अगष्ट ३० र ३१ तारिख काठमाडौंमा हुने विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताए । उनले भने, ‘हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्धघाट्न गर्ने कार्यक्रम छ । यो खुशीको कुरा हो । तीर्थयात्रीहरुलाई बस्नको लागि अत्यन्तै सहज हुन्छ ।’
भारतीय प्रधानमन्त्री चौथो पटक नेपाल आउन लागेको सुनाउँदै उनले भने,‘यसले पनि देखाउँछ कि हाम्रो प्रधानमन्त्री मोदीको छिमेकी पहिले नीतिमा उहाँ प्रतिबद्ध हुनुहुन्छ ।
मोदीले आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गर्नु आँफैमा महत्वपूर्ण रहेको उनको भनाई छ । उनले भने,‘नेपाल र भारतबीचको नाता विशेष छ । मोदी चौथो पटक नेपाल भ्रमणमा आउनुले नै हाम्रो सम्बन्ध बलियो र मजबुद छ भन्ने कुराको पुष्टि गर्छ । नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध अब उच्च राजनीतिक तहमा पनि केन्द्रित छ भन्ने कुरा प्रष्ट देखिन्छ ।’
राजदुत पुरीले अब नेपाल–भारत आदान–प्रदानको लागि रेलमार्ग अघि बढ्ने पनि विश्वास दिलाए । उनले भने,‘आर्थिक वृद्धि हाँसिल गर्नको लागि पनि रेलवेले महत्वपूर्ण योगदान पुर्याउँछ । जयनगरदेखि जनकपुरसम्म त रेलवे लाईन विछ्याउने काम भैसकेको छ । आगामी केही महिनामै नेपालमा रेल सञ्चालनमा आउँछ । जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालन गर्नुपर्छ ।’ आगामी १० देखि १२ वर्षभित्र भारत र नेपाल रेलमार्गबाट पनि पूर्ण रुपमा जोडिने उनको दाबी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here