सरकारलाई ठगे १० वर्ष जेल !

96

काठमाडौं/  नेपालमा हुने धेरै आपराधिक घटनाबारे ठगी मुख्य हो । वैदेशिक रोजगारीमा पठाइदिने नाममा धेरै व्यक्ति ठगिएका छन् । व्यवसायी सुधीर बस्नेतले अपार्टमेन्ट दिने नाममा पनि धेरैलाई ठगी गरे । कडा कारबाही क्षतिपूर्तिको व्यवस्था नहुँदा यस्ता अपराध गर्नेहरु निरुत्साहित नहुने र पीडितहरु सधैं पीडित नै रहने गरेका छन् ।

भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा ठगीको कारबाहीलाई केही कडा बनाइएको छ । हालको मुलुकी ऐनमा रहेको ५ वर्ष जेल र ५ हजार जरिवानालाई बढाएर बढीमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना र्पुयाइएको छ । त्यस्तै यस्तो कसूरबाट हानी नोक्सानी पुग्नेलाई कसूरदारबाट क्षतिपूर्ति भराउने व्यवस्था पनि गरिएको छ।

अपराध संहितामा ठगी भन्नाले कुनै व्यक्तिलाई हानी नोक्शानी र्पुयाई आफूलाई वा अरु कसैलाई लाभ र्पुयाएको मानिने ऐनमा उल्लेख गरिएको छ । कुनै कुराको विश्वास दिलाएर त्यस्तो काम नगरेमा, फकाई, झुक्याई धोका दिएर कुनै काम गरी वा गर्नबाट रोकी कुनै किसिमको हानी नोक्शानी र्पुयाएमा वा कसैका लागि लाभ प्राप्त गरेमा पनि ठगी मानिनेछ ।जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here