भाेलि काठमाडौं र ललितपुरमा आठ घण्टा विद्युत अवरुद्ध हुने

115

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि (शनिबार) आठ घण्टा विद्युत् वितरण प्रभावित हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान ८ः३० देखि अपराह्न ४ः३० बजेसम्म विद्युत् वितरण प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार बागमती फिडरअन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत् प्रभावित हुनेछ । त्यस्तै, पुल्चोक फिडरअन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुङ्गा क्षेत्रमा विद्युत् प्रभावित हुनेछ ।

मती फिडरअन्तर्गतका ज्ञानतीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू र कीर्तिपुर फिडरअन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय लगायतका क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य सङ्घ हुँदै सुकुम्बासी बस्ती लगायतका क्षेत्रमा विद्युत् प्रभावित हुनेछ । प्राधिकरणले यी क्षेत्रमा निर्धारित समयभित्र काम सकेर लाइन सुचारू गर्ने प्रयास रहने जानकारी  गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here