काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको नेवाः विद्यार्थी युनियनको आयोजनामा इतिहासमै प्रथम पटक ‘क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता ने.सं.११४३’ हुने बैशाख १० गतेदेखि सुरू भएको प्रतियोगिताको समयावधी पुनः एक महिना समयवाधि थप गरिएको छ । नेवाः जागरण मंच जापानको प्रायोजनमा हुन लागेको प्रतियोगिता २० औं शताव्दीका महान् नेपाली साहित्यकार मध्ये एक मानिएका तथा नेपाल भाषा साहित्यिक क्षेत्रमा खम्बा रूपमा रहेका कवि केशरी चित्तधर हृदयको हिजो जेठ १२ गते जन्मोउत्सोव मनाएको थियो । उपत्यकाका क्याम्पसमा नेपालभाषी विद्यार्थीहरुको संख्या कसरी बढाउन सकिने विषयमा २ सय ५० भन्दा कम शब्द प्रयोग निबन्ध वाचन गरेको भिडियो नेवाः विद्यार्थी युनियनको फेसबुक पेजमा र सो निबन्ध नेवाः विध्यार्थी युनियनको इमेलमा [email protected] अषाढ १३ गते साँझ पाँचसम्म पठाइ सक्नुपर्ने भएकाले सम्पूर्ण मातृभाषा नुरागीहरुलाई नेवाः विध्थार्थी युनियनले पुनः एक पटक अनुरोध गरेका छन् । सो प्रतियोगितामा प्रथम हुनेले ८००० , द्धितीय हुनेले ५०००, तेस्रो हुने ३००० तथा सान्वत्वना पुरस्कार १००० हजारका दरले पाँच जनालाई समेत व्यवस्था गरिएको प्रतियोगिताको संयोजन नेवाः जागरण मञ्च जापानका संस्थापक अध्यक्ष सुनिल कुमार शाक्यले गरेका छन् । सो प्रतियोगिता बारेमा विदेशमा रहेकाहरुले थप जानकारी लिनका लागि नेवाः जागरण मंच जापानका अध्यक्ष कृष्ण बदन जोशी +८१ ९०-६४९६०+८४६३ सचिव : श्याम तन्दुकारं +८१ ८०-४४३१-८१३४ साथै नेपालका लागि नेवाः विध्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन ९८४९१३२७८८ र सचिव प्रशान्त डंगोल ९८५११२१८७३ लाई सम्पर्क राख्नु सक्नु हुनेछ ।
नाेट : निबन्ध असार १३ गते साँझ पाँचसम्म पठाइ सक्नुपर्ने
यसमा क्लिक गरी नेवाः विद्यार्थी युनियन फेसबुक पेजमा भिजिट गर्न सक्नु हुनेछ ।



















