ओली–प्रचण्डको समाजवाद नेपालमा लासालवादको भद्दा नक्कल

235

हुकुमबहादुर सिंह

प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा बिलिन गरेपछि नेपाली कम्युनिष्ट आन्दोलनमा अवसरवादका विरुद्धको लडाइँ चर्कदो अवस्थामा छ । अब जरुरी के भएको छ भने अवसरवादीहरू सरकारमा छन् । उनीहरूले त्यसलाई कम्युनिष्टहरूको सरकार भनेर नेपाली जनतामा भ्रम पार्न सफल देखिएका पनि छन् । हुनत यो सरकार कम्युनिष्टको हो कि दलाल पु“जीपतिहरूको हो, त्यसलाई हेर्न र बुझ्न त्यसले अगाडि ल्याएका कार्यक्रमहरू, बजेटआदि काफी छन् । तैपनि एमालेमा बिलिन हुन नचाहेका नेपालका कम्युनिष्टहरूमध्ये केही अझै पनि एमालेको वृत्त वरिपरि चक्कर लगाएको देख्दा नेपाली जनतामा त्यसले झन भ्रम पार्न मद्दत गरेको छ र यसमा अग्रपंक्तिमा अहिले मसाल र राष्ट्रिय जनमोर्चा देखिएको छ । वर्तमानमा अवसरवादका विरुद्धको संघर्षमा मसाल र राष्ट्रिय जनमोर्चाको भूमिका दक्षिणपन्थी संशोधनवाद, खासगरी एमालेलाई विभिन्न बाहनामा–कहिले ओलीलाई राष्ट्रवादी भन्दै त कहिले संघीयता विरोधी भन्दै उसको रक्षा गर्ने रहंदै आएको छ । आखिर प्रचण्ड–ओली नेतृत्वको पार्टी–नेकपा सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको सिद्धान्तबाट विचलित भएको छ भन्ने थाहा पाउ“दा–पाउ“र्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसी किन प्रचण्ड–ओली नेतृत्वको पार्टी–नेकपालाई कम्युनिष्ट पार्टी भन्दैछन् तर नेपालका अन्य सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको सिद्धान्तमा अडिग क्रान्तिकारी पार्टीहरूसित संघर्ष चर्काउन खोज्दै छन् । मोहनविक्रम सिंह र चित्रबहादुर केसीले जति कसरत गरे पनि आखिरमा प्रचण्ड–ओली नेतृत्वको पार्टी–नेकपाले नेपालका क्रान्तिकारी कम्युनिष्टहरूको शिर निहु¥याउने काम गरेको छ।

प्रचण्ड–ओली कै भनाइ सापटी लिने हो भने अहिले नेपाली समाज पु“जीवादी समाज हो र अब यो समाजवादी समाजतर्फ अगाडि बढ्नु पर्दछ भनेका छन् । उनीहरूको समाजवाद अन्तर्राष्ट्रिय सहयोगमार्फत नेपालमा समाजवाद स्थापना गर्नका लागि माक्र्स होइन लासालवादी विचारप्रति समर्थन र लासालले झै सर्वहारा अधिनायकत्वको बिसर्जन गर्ने काम गरेका छन् । माक्र्सको भनाइमा लासालवादीहरू नक्कली समाजवादी थिए र मूलतः वुजुवा समाजवादी थिए । तिनीहरूले विद्यमान समाजबाटै त्यसका आधारहरूलाई यथावत सुरक्षित राखेर नया“ समाज निर्माणको बाटोको अडान लिएका थिए (हेर्नुहोस एङ्गेल्स–साम्यवादका सिद्धान्तहरू) । यसैगरी नेपालका आफूलाई नेकपा भन्नेहरू नेपालमा माक्र्सवाद होइन लासालवादीहरूको हुबहु नक्कल गरिरहेका छन् । सन् १८७१ को पेरिस कम्युन क्रान्तिको असफलतापछि माक्र्स–एङ्गेल्सले विश्वका सर्वहारावर्गका लागि पेरिस कम्युनसम्वन्धी आफ्नो अनुभवको सारका आधारमा पेरिस कम्युनपछि सर्वहाराका सामु विद्यमान बुर्जुवा राज्य मेसिनरी कब्जा गरी ध्वस्त पारेर सर्वहारा राज्यसत्ता स्थापना गर्नुपर्ने कामको महत्वलाई अगाडि सार्नु भएको थियो । यस किसिमको महत्वपूर्ण अनुभवलाई लासालवादीहरूले खारेज गरिदिएका थिए । अहिले नेपालमा ओली–प्रचण्डले त्यही गर्दैछन्, जो एक समय लासालवादीहरूले गरेका थिए । विडम्बना अझै यिनीहरू आफूलाई माक्र्सवादी–लेनिनवादी भन्न छाडेका छैनन् ।

माक्र्सवादका अनुसार राज्य वर्गपक्षधरतामा आधारित हुन्छ, जसद्वारा एउटा वर्गले अर्को वर्गलाई दबाउने काम गर्दछ । अहिले नेपालमा कम्युनिष्टको नाममा प्रचण्ड ओलीले वुर्जुवा प्रजातन्त्रवादीहरूले चुनावी नाराहरू अघि सारेझै आफ्नो ‘समाजवादी’ नारा अगाडि सारेका छन् । यिनीहरूको उद्देश्य ठूला जमिन्दार र ठूला पुँजीपति वर्गहरूको संयुक्त अधिनायकत्व कायम गर्ने हो । माक्र्सले भन्नुभएको निम्न भनाइ ओली र प्रचण्डको समाजवाद केवल हावादारी कुरा हो भन्ने स्पष्ट पार्न मद्दत गर्दछ, जसमा माक्र्सले भन्नु भएको छ– ‘पु“जीवादी समाज र समाजवादी समाजबीच एउटाबाट अर्कौमा जांदा क्रान्तिकारी रूपान्तरणको काल रहेको हुन्छ । त्यसको साथसाथै राजनीतिक सङक्रमणकाल पनि हुन्छ, जसमा एउटा सर्वहारावर्गको क्रान्तिकारी अधिनायकत्वबाहेक अरु केही हुन सक्दैन् ।’

माक्र्सको यो वैज्ञानिक निष्कर्ष कम्युनिष्ट घोषणापत्रको प्रकाशनपछि सर्वहारा अधिनायकत्वको सिद्धान्तको क्षेत्रमा एउटा महत्वपूर्ण विकास थियो, जसलाई नेपालमा ओली र प्रचण्डले कम्युनिष्टको झण्डामुनी बुर्जुवा क्रान्तिले गर्ने काम– एउटाको निजी स्वामित्वलाई अर्कोको निजी स्वामित्वमा फेर्ने काम, एउटाले गरेको शोषणको स्थानमा शोषण गर्नका लागि हरेक पाँच–पाँच वर्षमा अर्को ल्याउने काम र वर्तमान सामन्ती उत्पादनबाटै लामो समय टिकाएर नेपालमा राष्ट्रिय पु“जी नभई दलाल पुँजीवादको विकास गर्ने काममा लगाएर उनीहरूले ल्याउने समाजवाद माक्र्सवादले व्याख्या गरेको समाजवाद नभई लासालवादको भद्दा नक्कल सिवाय अरु केही होइन् । यिनीहरूले रूपमा आफूलाई माक्र्सवादी–लेनिनवादी भने तापनि सारमा माक्र्सवाद विरोधी लासालवादी हुन् । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here