डि एस् ए स्टार २०२२ सिजन-८ र ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को ग्राण्ड फिनाले सम्पन्न

59

काठमाडाैं । परिवर्तन ईभेन्ट हाउस प्रालि को डि एस् ए स्टारको सिजन-८ र ट्यालेन्ट स्टार नेपाल-२०२२ को सिजन-३ सम्पन्न परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरमा ज्येष्ठ ७ गते डि एस् ए स्टार २०२२ सिजन-८ र ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को ग्राण्ड फिनाले सभ्य भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल बायु सेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख निर्णायकमा नेपाल शसस्त्र प्रहरी बलका डि आई जि कृष्ण भक्त ब्रम्हाचार्य हुनुहुन्थ्यो भने निर्णायकमा अभिनेता रोबिन पोखरेल, लायन प्रनिता बराल, सञ्चारकर्मी दशरथ सुनार, चलचित्र लेखक तथा निर्देशक जगादीश्वर थापा रहनु भएको थियो भने ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को निर्णायकको रुपमा वरिष्ठ अभिनेता शुशील पोखरेल, वरिष्ठ गीतकार बि.बि. थापा, चलचित्र छांयाकार निरज कंडेलको उपस्थीति रहेको थियो ।

कार्यक्रम लाई आर सी कोला ले प्रायोजन गरेको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा परिवर्तन इभेन्ट हाउसकी सि ई ओ सोनिया जि आरले बताउनु भयो । साथै आफ्नो कार्यक्रममा आफ्नो अमुल्य समय दिएर पाल्नु भएका निर्णायक मण्ड्ल लगायत सम्पूर्ण अतिथी वर्ग, पत्रकार, अभिभावक लगायतलाई जि आर ले हृदयदेखि नै आभार प्रकट् गर्नु भयो ।

कार्यक्रमलाई राज बाराईलीले उद्घोषण गर्नु भएको थियो भने प्रमुख अतिथीको हातबाट कार्यक्रममा सहयोग गर्नु हुने विभिन्न संस्था व्यक्तित्व, निर्णायक मण्डल, अतिथि, कलाकार पत्रकार, बिजेता, उपबिजेता लगायतलाई सम्मान-पत्र, कदर-पत्र, प्रमाण-पत्र, मायाको-चिनो, ट्रफी, पुरस्कारहरु वितरण गरिएको थियो ।

कार्यक्रममा गीत संगीतमा अमुल्य योगदान पुर्याए बापत गायक संगीतकार टंक बुढाथोकी र बाल गायक अशोक दर्जीलाई राष्ट्रिय सम्मान गरिएको थियो भने गायक प्रमोद निर्वान, कलाकार जगदिश आधिकारी, गायक एरिक बिश्वकर्मा लगायतको प्रस्तुति रहेको थियो । डि एस् ए स्टार सिजन ८ का बिजेताहरु मिनी डन्सिङ स्टार(बिजेता):आशदिप खत्री जुनियर डन्सिङ स्टार बिजेता : आवाज थापा फर्स्त रनर अप : प्रिया बस्नेत सेकेण्ड रनर अप: गेल्मु शेर्पा थर्ड रनर अप: प्रिन्सा पुन मगर फोर्थ रनर अप: जेनिशा अधिकारी फिफ्थ रनर अप: इलिका के सि प्री-टीन डन्सिङ स्टार विजेता: दिपिका घिसिङ फर्स्ट रनर अप : शब्द थापा सेकेण्ड रनर अप : प्रितीका तामाङ थर्ड रनर अप: बिविशेक न्यौपाने फोर्थ रनर अप : सम्रिद्धी रेग्मी जुनियर सिङगिङ स्टार विजेता: मिकुरनी श्रेष्ठ फर्स्त रनर अप :एलिशा शर्मा प्री-टीन सिङगिङ स्टार विजेता : बिदविशा मैनाली फर्स्ट रनर अप: अश्री राणा स्केण्ड रनर अप : पुष्पा बोहोरा थर्ड रनर अप : सरल थपलीया एक्टिङ स्टार बिजेता: द्रुपद पोखरेल फर्स्ट रनर अप : थाउनी लामा स्केण्ड रनर अप : आभियाना कँडेल त्यस्तै ट्यालेन्ट स्टार नेपाल-२०२२ तर्फ अडिसन राउण्ड, ट्यालेण्ट राउण्ड, ग्राण्ड फिनाले गर्दै छानिँदै सहभागीता जनाएका कुल मध्यबाट अन्तिम प्रतिस्पर्धी मध्य निम्नानुसार बिजेता तथा उप-बिजेता घोषित गरी पुरस्कार वितरण गरिएको थियो : मिनी ट्यलेन्ट स्टार नेपाल बिजेता: आदर्श थापा जुनियर ट्यलेन्ट स्टार नेपाल ( Miss ) बिजेता: राइसा सुबेदी फर्स्ट रनर अप : साध्वी नकर्मी स्केण्ड रनर अप : बुनु बल थर्ड रनर अप: अनुस्का थापा मगर फोर्थ रनर अप: स्मरिका आधिकारी फिफ्थ रनर अप: पल्सा महर्जन जुनियर ट्यलेन्ट स्टार नेपाल ( mister ) बिजेता: याबेश लामा फर्स्ट रनर अप: सक्सेस के.सी स्केण्ड रनर अप: बिशेष पन्त प्री-टिन ट्यलेन्ट स्टार नेपाल बिजेता: दिपिका ढुंगाना फर्स्ट रनर अप: जेसिका देबकोटा स्केण्ड रनर अप: सक्सेस सुबेदी थर्ड रनर अप: सुजु तामाङ्ग फोर्थ रनर अप: एरिशा थापा मगर फिफ्थ रनर अप: आयुस्का चौधरी सिक्स्थ रनर अप: सिम्रन रिजाल बिजेतालाई अमेरिकामा हुने अन्तरराष्ट्रिय प्रतियोगीता नेपालको तर्फबाट प्रतिनिधित्व गराइने छ । बिजेता लगायत अन्य प्रतियोगीहरुलाई विभिन्न अवार्ड्बाट पुरस्कृत गरि कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here