पासवर्ड सोध्न मध्यरातमा झ्याल फोरे

285

अमेरिकाको क्यालिफोर्नियामा एउटा निकै विचित्र घटना भएको छ । आधा रातमा घरको झ्याल फोरेर एक किशोर घरभित्र घुसेका थिए ।

ती किशोरले मध्यरातमा घर छिरेर वाइफाइको पासवर्ड सोधेको बताइएको छ । घटना अटाओ नामको स्थानको भएको बताइएको छ । अमेरिकी समाचार एजेन्सी सिएनएनका अनुसार घटनाबारे घरका दम्पतीले प्रहरीलाई फोन गरेर बताएका थिए । प्रहरीले घटनाको जानकारी दिँदै किशोर नाबालक भएकोले उनको पहिचान खुलाएको छैन । ती किशोर १७ वर्षका भएको प्रहरीले जनाएको छ । वाशिङटन पोस्टका अनुसार घटना गएको शनिबारको हो ।

सिलिकन भ्यालीको यो घरमा मध्यरातमा छिरेका ती किशोरले घरका दम्पतीलाई उठाएर वाइफाइको पासवर्ड सोधेका थिए ।प्रहरीले ती किशोर पासवर्ड माग्नकै लागि घर छिरेका हुन् वा उनको अरु नै केही गर्ने मनसाय थियो भन्नेबारे जाँच भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here