द्वन्द्वका ऐतिहासिक सन्दर्भ र समाधानको उपाय

209

डा. दीपेन्द्र रोकाया

काठमाडौं/ विश्वका प्रमुख राजनीतिक विचारधाराको अध्ययनले नेपाली परिस्थितिको आँकलन गर्न सजिलो पर्दछ । ईशापूर्व १००० वर्ष पहिले वा महाभारत युद्धको २५ पिँढी अगाडिको ५ सय वर्षलाई प्रभाव जमाएका मनुको धर्मप्रधान राजनीतिलाई मान्यता दिएका थिए । मनुले राज्य र राजाको उत्पत्ति पृथ्वीमा असुरी प्रवृत्ति बढेको र अराजकताको साम्राज्य फैलिएकाले ईश्वरले आठ देउताको गुण भएको ब्यक्तिलाई राजा बनाएको पाइन्छ । द्वन्द्वले उग्र रूप लिएका बेला मनुले मानवधर्मको माध्यमबाट राजाको नेतृत्वमा दण्ड शक्तिलाई प्रयोग गरी शान्ति कायम गर्ने उपाय सुझाएका थिए ।

प्राचीन भारतमा देउता तथा दैत्य सम्प्रदाय मध्य दैत्य सम्प्रदाय स्थापना गर्ने विचारक शुक्राचार्य हुन् । राज्यलाई एउटा शरीरसंग तुलना गर्ने शुक्राचार्यले शिर (राजा), आँखा (अमात्य), कान (कोष), बलमन (दुर्ग) र खुट्टा (राष्ट्र) मानेका थिए । राजाको नियुक्ति जनताले गर्ने भएकाले राजा मालिक नभएर जनताको नोकर भएको कुरा उहिल्यै उल्लेख भएको थियो।

नेपालका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा वृद्ध, रोगी, मृत र सन्यासीका बारेमा चिन्तन गर्ने क्रममा जन्म नै दुःख हो, प्रिय भोगको खोजी नै दुःख समुदाय हो, जन्म निरोध नै दुःखको निवारक हो भन्ने निष्कर्ष निकालेको पाइन्छ । तत्कालीन समयको राजनैतिक द्वन्द्वका कारण छोरा राहुल जन्मेको दिन खुशी हुनुपर्नेमा उनले गृहत्याग गर्नु परेको थियो । यसको मुल कारण कपिलवस्तु र कोलीय गणराज्यबीच बारम्बार रोहणी नदीको पानी बाँडफाँडको विषयमा विवाद हुँदा सिद्धार्थ गौतमले शान्तिपूर्ण सन्धि गरी पानी बाँडफाँड गर्नुपर्ने धारणा राखेकोमा उनलाई मावलीको पक्ष लिएको भनी ५०० सदस्य रहेको गणमा २६० मतले विरोध जनाउँदा एक प्रकारले देश निकालाको अवस्थामा पुगेको पाइएको छ ।

नेपालकै मिथिला राज्यका राजा जनकका मूल पुरोहित याज्ञवल्क्यले राजधर्मलाई महत्व दिदै राज्यलाई सप्ताङ्गका रूपमा लिई राजा प्रजाका रक्षक भएर काम गर्नपर्ने बताएका थिए । उनले सुन तथा भूमिको प्राप्तिभन्दा मित्र प्राप्ति गर्नु उत्कृष्ट हुने विचार राखेकाले वैदेशिक सहयोग सम्बन्धमा मित्रतालाई विशेष ध्यान दिएका थिए । पूर्वीय राजनीति तथा अर्थशास्त्रमा निकै ठूलो प्रभाव जनाएका कौटिल्यले सुखको मूल धर्म, धर्मको मूल अर्थ र अर्थको मूल राज्य हो भन्ने सैद्धान्तिक मान्यता स्थापित गरेको पाइन्छ ।

पश्चिमा देशका चिन्तकहरूका विचार तथा तिनले भोगेका अवस्थाले तत्कालीन राजनीतिक द्वन्द्व र तिनको व्यवस्थापनको अनुमान लगाउन सकिन्छ । इ.पू. ४०४ मा एथेन्सको लोकतन्त्रमा विद्रोह भएर तीस निरङ्कुशको शासन स्थापित भएको थियो । उनले एकजना नागरिक पक्राउ गर्ने आदेश दिँदा युनानका क्रान्तिकारी दार्शनिक सुकरातले इन्कार गरेका थिए । राज्यद्वारा पूजा गरिने देउताको पूजा नगरेको र युवाहरूको आचरणलाई भ्रष्ट पार्ने शिक्षा दिएको आरोपमा ५०१ जनामध्ये २८१ जना न्यायाधीशले मृत्युदण्डको फैसला सुनाई सुकरातलाई विषपान गराएर हत्या गर्न बाध्य पारेका थिए ।

दार्शनिक सुकरातको हत्याले उनका विद्यार्थी प्लेटोलाई गम्भीर प्रभाव पर्न गई मिश्र, इटली, गङ्गा नदीसम्म भ्रमण गर्न परेको थियो । यसैबेला सिसिलीमो सिराक्युज राज्यमा दियोनस“ग भेट भयो । दियोन प्लेटोको प्रेरणाबाट त्यहा“का दार्शनिक राजा बने । अन्याय र निरङ्कुश शासनको कडा आलोचक प्लेटोलाई तिनै दियोनले स्पार्टा राजदूतको जिम्मा लगाई दासको रूपमा इजिना टापूमा बेचिदिए । संयोगले पुरानो साथी अनिकेरिसले भेटेर त्यहाँबाट मुक्त गरेको र उक्त ऋण तिर्न लाग्दा साथीले पैसा लिन नमानेकाले सो रकमबाट प्लेटोले एउटा विद्यालय खोली रिपब्लिकदेखि ल सम्म गरी ३ दर्जनभन्दा बढी किताब लेखेर आर्दश काल्पनिक राज्यको परिकल्पना गरेका थिए ।

अरस्तुले प्लेटोको मृत्युका कारण उनको उत्तराधिकारी हुने हैसियत प्राप्त गर्न नपाएपछि मेसोडोनियाका सम्राट फिलिपसंग गएर अलेकजेण्डरका गुरुसमेत बन्न पाउँदा एक हजार सहयोगी पाउन सफल भएका थिए । अलेक्जेण्डर विश्व विजय अभियानमा निस्केपछि उनले युनानको लिसियनमा विद्यालय खोलेर ४ सयभन्दा बढी किताब लेखेको पाइन्छ । विश्वका १५८ वटा संविधानको अध्ययन गरी समाजमा अत्यन्त सम्पन्न, अत्यन्त निर्धनको तुलना गरी मध्यमार्गी जीवन श्रेष्ठ हुने बताएका थिए ।

चीनमा कुङ, चीउ वा चाङ्नी कन्फ्युसियस्का विचारक हुन् । उनी फौजदारी मन्त्रीसमेत भएको र आफ्नो लु राज्यलाई आदर्श राज्यको रूपमा चलाइरहेको बेला नै लुका ड्युक नर्तकी र घोडा उपहार पाएपछि भ्रष्ट भएर सरकारी पदबाट राजीनामा दिई १३ वर्षसम्म विभिन्न राज्यको भ्रमण गरेर विताएका थिए । उनले प्राचीन परम्परालाई पुनरुत्थान गर्न नैतिक राजनीतिलाई समन्वय गरी मानवतावादी अवधारणा अगाडि सारेपनि उनको ब्यवहार देखेर कसैले कदर नगरेकाले निराश भई योगी मन्त्रीका रूपमा जीवन विताएका थिए । यस्तै ताओवादले प्रकृतिमा न त राज्य, न त शासक, न त वर्गभेद हुन्छ भनी ब्याख्या गरेका थिए ।

फ्रान्सेली राज्यक्रान्तिका प्रेरक जीन ज्याक रुसोले बाइबलको ईश्वरीय ज्ञान, इसडियलको नरकको विषय तथा राजाको दैवी अधिकारको सिद्धान्तको खण्डन गरेका थिए । उनले आफ्नो विचारका कारण असाधारण दुःखका साथै ख्याति पनि कमाएका थिए । समाजले अर्धपागल देखेपनि उनले जीवनको अन्तिम समयमा लेको आत्मस्वीकृति, पोल्याण्ड र कोर्सियाको संविधान तयार गरेका थिए ।

विश्वका विचारकहरूका यस्ता चिन्तन मननका अगाडि नेपालको राजनीतिमा नैतिकताको खडेरी छ । यसमा लोकतन्त्र, नैतिकता एवं राष्ट्रनिर्माणबारे विभिन्न अवस्था हेर्न सकिने हुन्छ । राजनीति आफ्नो धरातलीय यर्थाथताअनुसार अघि बढ्नु पर्दछ । राष्ट्रिय स्वार्थ कसरी निर्माण हुन्छ र त्यसका लागि निर्धारक तŒवका रूपमा विचारधारा, धर्म, शक्ति, क्षेत्रीयता, समुदायजस्ता कुरा निर्णायक हुन्छन् ।

यतिबेला हामीले मुख्यतः बेलायत, अमेरिका, फ्रान्स, चीन र स्वीट्जरल्याण्डको संविधानको पृष्ठभूमि, संवैधानिक विकासक्रम र जारी संविधानको विशेषताहरू कस्ता छन् भन्ने हेरेर १८औं शताब्दीमा हब्स, लक, रुसोजस्ता विचारकहरूले सामाजिक सम्झौताको सिद्धान्त हु“दै प्रथम र दोस्रो विश्वयुद्धपछि धेरै देशमा लोकतन्त्र र साम्यवादी शासन तथा आधुनिक संविधानवादको अभ्यास भइरहेको छ ।

यस क्रममा नेपालले नयाँ संविधान जारीपछिको अभ्यासमा धेरै कोणबाट बढ्दो द्धन्द्ध र त्यसको समाधान खोज्ने बेला आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here