तीन खेलाडी माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त

100

काठमाडौँ – माछापुच्छ्रे बैंकले तीन नेपाली खेलाडीलाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ। खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरिएको हो ।

विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो। राईले देश र विदेशमा थुप्रै उपाधि जितेकी छन्।२०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन्।

रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन्। शेर्पाले १५ वर्षकै उमेर देखि खेलको प्रशिक्षण लिन थालेकी हुन्।

आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन्। ६ वर्षको कलिलै उमेरदेखि टेनिस सुरु गरेका गिरी बर्न सर्भाइभर हुन्।

पत्रकार सम्मेलनमा राई, शेर्पा र गिरी जस्ता खेलाडीलाई बैंकसँग आवद्ध गर्न पाउनु गौरवको विषय रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले जनाए ।

बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा। बीरेन्द्र प्रसाद महतोले नियुक्त भएका एम्बेस्डरले बैंकलाई अझै उचाईमा पु¥याउने विश्वास व्यक्त गरे।

बैंकका देशभर ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर, २५ शाखा रहित बैकिङ्ग सेवा, ९९ एटीएम सञ्चालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here