काठमाडौं/ एनआईसी एशिया बैंक लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजबीच सम्झौता भएको छ।
सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने भएको छ।
एनआईसी एशिया बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले समझौतापत्रमा हस्ताक्षर गरेका हुन।
एनआइसी एसियाले बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ छ ।

















