तुलसीपुर/ गौरवशालि कृषि समुह तुलसीपुर ७ ले सामुहिक तरकारि खेति गर्ने भएको छ । समुह दर्ता भएर केहि वर्ष सम्म सामुहिक तरकारि खेति गरि राम्रो आम्दामि गरेको समुहले पुनह खेतिलाई निरन्तरता दिने निर्णय गरेको छ । समुहले केहि वर्ष यता खेति गर्न छोडेकाले आम्दामिमा कमि भए पछि पुनह खेति गर्ने निर्णय गरेको हो ।
समुहको आज भएको १० औ साधारण सभाले च्याउ ,आलु , तरकारि तथा वेसार खेति गर्ने निर्णय गरेको छ । समुहका अध्यक्ष प्रेम बहादुर केसीको अध्यक्षतामा भएको साधारण सभाले सामुहिक तरकारि खेतिका लागी टनेल , च्याउ खेति गर्ने घर निमार्णमा सहयोगका लागि वडा नम्वर ७ तथा तुलसीपुर उपमहानगर पालिका संग अनुदान माग गर्ने निर्णय पनि गरेको छ ।
सभामा समुहका सदस्य तथा रेडियो सञ्जिवनीका समाचार सम्पादक बिमल गौतम , समाजसेवि छविलाल पन्थी , समुहका सदस्य रमा केसी , मिरा पन्थि , वसन्ता सापकोटा लगाएतकाले बोल्नु भएको थियो । सो अवसरमा समुहका सचिव कमल पोखे्रलले समुहको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष लेवेन्द्र केसीले समुहको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभाले प्रेम बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राधादेवि न्यौपाने ,सचिवमा कलम पाख्रेल , कोषाध्यक्षमा लेवेन्द्र केसी रहनु भएको छ । त्यसैगरि समितिको सदस्यहरुमा रमा केसी , शारदा पोख्रेल , वसन्ता सापकोटा , कुल बहादुर विसि ,कमला पन्थि रहनु भएको छ । साधारण सभाको सहजीकरण सचिव कमल पोख्रेलले गर्नु भएको थियो ।


















