झापा : सिवसतासी नगरपालिका-५ बस्ने ३५ बर्षीय बुदारा राजबंसी झापा गाउँपालिका-३ सिमलबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन ।
सर्लाही : लालबन्दी नगरपालिका-१७ स्थित कालिन्जोर खोलामा शनिबार हाल नाम, थर, वतन नखुलेको पुरुषको शव फेला परेको छ ।
कास्की : गत साउन २७ गतेदेखी घरबाट हराएकी पोखरा लेखनाथ महानगरपालिका-३३ बस्ने ९१ बर्षीया बुद्दिमाया गुरुङ सोही ठाउँ भरतपोखरीस्थित सामुदायिक जंगलमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङ : बुढीगंगा गाउँपालिका-७ डंग्राहास्थित आँपको बगैँचामा सोही गाउँपालिका-५ घर भएका ४५ बर्षीय जोगिन्द मरिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।


















