निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

42

काठमाडौ, भदौ ४ । नेपाल आयल निगमले आइतबार राती देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा दुई रुपैयाँ वृद्धि भएको छ ।

अब पेट्रोल प्रतिलिटर एक सय ११ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९५ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनमा पनि मूल्य वृद्धि गरेको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ ५० पैसा र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिब्यारेल ५० डलर वृद्धि गरेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने वृद्धि नभएको निगमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here