‘नम्बर वान’ अभिनेत्रीको यात्रा गरेकी रेखाको अभिनय यात्रा

320

नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् रेखा थापा । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी उनी फिल्मी क्षेत्रमा छविराज ओझाको फिल्म ‘हिरो’ बाट अभिनय यात्राको सुरुवात गरेकी उनले यस वर्षको लक्ष्मीपूजामा प्रदर्शनमा आउन लागेको फिल्म ‘मालिका’ सम्म आइपुग्दा २ सय बढी फिल्ममा आफ्नो अभिनयको जादू छरिसकेकी छन् ।

रेखा एक दशक अगाडिदेखि ‘नम्बर वान’ अभिनेत्रीको यात्रा गरेकी उनी अभिनीत ‘हिरो’, ‘मितिनी’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘देवर बाबु’, ‘हिम्मत’, ‘किस्मत’, ‘हिफाजत’, ‘अन्दाज’, ‘रावण’, ‘कस्ले चोर्‍यो मेरो मन’, ‘हिम्मतवाली’, ‘रामप्यारी’ जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको व्यवसायिक रुपमा पनि सफल ठहरिएको फिल्ममा पर्छ ।

फिल्मी क्षेत्रमा सफल रहेकी अभिनेत्री थापाको बैबाहिक जीवन भने सफल रहन सकेन । कुनै बेला रेखा छोटो पहिरन लगाएका कारण सर्वाधिक चर्चामा आएकी रेखा पछिल्लो समय फिल्ममार्फत् महिला सशक्तिकरणको आवाज उठाउँदै आएकी छन् । ‘रुद्रप्रिया’ मा एसिड काण्ड, ‘रामप्यारी’ मा महिला बेचविखनको विषय उठाएकी रेखाले हालै निर्माण गरिरहेकी नयाँ फिल्म ‘मालिका’ मा उनले बाल विवाहको विषय उठाएकी छन् ।

फिल्मी क्षेत्र मार्फत भएपनि देश र जनता तथा महिला हक हितका लागि सदैव सकारात्मक सोच सोच विचार तथा कार्य गर्ने नायिका हुन् । भदौ ५ गते जन्मदिन परेको रेखा थापालाई आगामी दिनमा गर्ने समाजिक कार्यहरुका लागि, फिल्मको लागि सफलता, साथै रेखालाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here