निर्मला बलात्कार प्रकरणः कञ्चनपुर प्रशासन तोडफोड गर्न खोजेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

299

कञ्चनपुर/ कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा सोमबार  अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ ।

स्थानीयले प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले मुख्य अपराधी पक्राउ नगरी मानसिक सन्तुलन गुमाएकालाई मुख्य अभियुक्त भनेर सोमबार सार्वजनिक गरेको भन्दै प्रदर्शनकारीले भीमदत्तनगर बजार समेत बन्द गराएका छन् । प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको दाबी गरिएको छ ।

गत १० साउनमा साथी घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो । लगत्तै, प्रहरीले अनुसन्धान थालेको थियो । तर, लामो समयसम्म कुनै सुराक हात नलागेपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली कन्चनपुर पुगेको थियो ।

निर्मला पन्तको लागि तस्बिर परिणाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here