गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन

132

काठमाडौं/ गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ ।

पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उहाँका भतिजा सन्तोष न्यौपानेले जानकारी दिनुभयो । चौरासी वर्षीय न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट ग्रसित हुनुहुन्थ्यो ।

न्यौपानेले गोरखापत्र संस्थानमा करीब तीन दशक विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । पछिल्लो समय उहाँ साप्ताहिक जनसत्ताका प्रधानसम्पादक हुनुुहुन्थ्यो । न्यौपानेका दुई श्रीमती, तीन छोरी र दुई छोरा हुनुहुन्छ । न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here