पाकिस्तानी प्रधानमन्त्रीका सुविधाः दुई सहयोगी, दुई गाडी, तीन कोठे घर

217

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान प्रधानमन्त्रीका लागि बनाइएको भव्य महल छोडेर तीन कोठे घरमा सरेका छन् ।
उनी प्रधानमन्त्री निवासमा रहेका ५२४ कर्मचारी मध्य दुई जनालाई मात्र आफूसँग राखेका छन् । उनी हरेक आइतबार परिवारसँग भेटन आफ्नो पुरानो घरमा जानेछन् । प्रधानमन्त्री खानले प्रधानमन्त्रीका रुपमा प्रयोग हुने ८० सुविधासम्पन्न सवारी साधनको काफिला पनि आफूसँग नराख्ने भएका छन् ।
उनले आफ्नो प्रयोगका लागि दुई वटा मात्र कार राख्ने र बाँकी कार लिलामी गर्ने घोषणा गरेका छन् । लिलामीबाट आएको रकमलाई उनले मुलुकको हित हुने काममा लगाउने घोषणा गरेका छन् । उनले राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै यस्तो घोषणा गरेका थिए । ८० सवारी साधनमध्य ३३ बुलेटप्रुफ कार समेत रहेका छन् । पाकिस्तानी प्रधानमन्त्री निवास अगाडी ८० सवारी तथा दुई देखि तीनवटा हेलिकोप्टर समेत तयारी अवस्थामा हुने गर्थे । तर नयाँ प्रधानमन्त्री खानले फजुल सरकारी खर्चलाई कम गर्न यस्ता सुविधाको कटौति गर्ने घोषणा गरेका हुन् ।
पाकिस्तानमा प्रधानमन्त्री निवास एक लाख स्क्वायर फिट भन्दा बढी क्षेत्रफलमा बनेको छ । उक्त निवासलाई प्रधानमन्त्री खानले विश्वस्तरीय रिसर्च विश्वविद्यालयका रुपमा विकास गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री इमरान खान आफ्नै निवासमा बसेर प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्न चाहन्थे तर सुरक्षा जोखिमका कारण उनी सैन्य सचिवको निवासमा सरेका हुन् । इमरानले सरकाले एउटा कमिटी नै बनाएर सरकारी खर्चको हिसाब किताब राख्ने र यसलाई कहाँ कटौति गर्न सकिन्छ त्यसमा जोड दिने घोषणा गरेका छन् ।
कार्यकालको पहिलो दिन इमरान मर्निङ वाक गर्दै कार्यालय पुगेका छन् । उनले पाकिस्तानमा बढिरहेको ठूलो ऋणको भारी कम गर्नु उनको प्राथमिकता हो । उनले विगतमा शासन गर्नेहरुले ऋणबाट मुलुक धानिएको भन्दै अब त्यस्तो नहुने बताएका छन् । उनले ऋण लिएर कसैले पनि मुलुकको विकास गर्न नसक्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here