हुकुमबहादुर सिंह
बाबुरामले हालसालै गोरखाको उनको आफ्नो चुनाव क्षेत्रमा गएर भनेका छन्– ‘कम्युनिष्टको लक्ष्य भनेको आसेपासे र कार्यकर्ता पोस्ने मात्र हो ।’ वर्तमानमा ओली र प्रचण्डले कम्युनिष्टको खोलभित्रबाट यहि काम गरिरहेका छन् जुन बाबुरामले भन्दै छन् । बाबुराम लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्दै आएका र नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने लक्ष्य र उद्येश्य राखेर थालिएको दब वर्षे जनयुद्धका एक जना चर्चित नेता पनि हुन्, जसमा हजारौ, लाखौले त्याग तपस्या र बलिदान दिएको लामो समय बितेको छैन । तर यति छिठ्ठै उनी जनयुद्ध मात्रै नभई समग्र माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन, विचार आदि सबैको विरोधमा लागेका छन् र त्यो भनेको उनको हिंजका आफ्नै शव्दमा एउटा साम्राज्यवादी, विस्तारवादीको सेवा गर्ने प्रतिक्रियावादी विचार हो । जसरी १९५६ मा रुसमा ख्रुश्चेभले स्तालिनको विरोधको नाममा समग्र माक्र्सवाद–लेनिनवादका विरुद्ध गएर बर्नस्टिनजस्ता माक्र्सवादविरोधीको सिद्धान्त र विचारलाई रुसमा लागु गर्ने काम ग¥यो, त्यसैगरी अहिले नेपालमा बाबुरामले ओली र प्रचण्ड जो स्वयम् पतित भएका कम्युनिष्ट हुन् उनीहरुलाई देखाउँदै समग्र माक्र्सवाद–लेनिनवादका विरुद्ध विषवमन गरिरहेका छन् । उनलाई थाहा छ कम्युनिष्टको लक्ष्य के हो ? तर त्यसलाई अहिले नबुझेझै गर्दै ओली र प्रचण्ड, जसले माक्र्सवाद–लेनिनवादको झण्डा बोकेर त्यसकै विरुद्ध लागिरहेका छन् को विरोधको नाममा आम जनतालाई भ्रम पार्नेगरी ‘कम्युनिष्टको लक्ष्य भनेको आसेपासे र कार्यकर्ता पोस्ने मात्र हो ।’ भनेर समग्र कम्युनिष्टहरु जो देशका गरीब, सुकुम्वासी, मजदुर आदिको वर्गीय मुक्तिका लागि त्याग तपस्या र बलिदानीपूर्ण मार्गतर्फ अग्रसर छन् ती सबै प्रचण्ड र ओलीजस्तै आसेपासे र कार्यकर्ता पोस्ने मात्र हुन भन्नु, यो बाबुरामको हददर्जाको अवसरवादी र प्रतिक्रियावादी विचार हो । यसरी सही विचारलाई तोडमरोड गरी आम जनताको विचमा पेश गर्दा यसले उनी आफैलाई पार्ने नकारात्मक असर वारे पनि उनले विचार गर्नु पर्ने हुन्छ ।
बाबुरामलाई थाहा छ, ओली र प्रचण्ड उनका दीर्घकालीन मित्र शक्ति हुन, त्यसैले उनले तिनीहरुको विरोध उनीहरुका जराहरु खलबल्याउने गरेर नगरी अझ त्यसमा मलजल गर्ने काम गर्दछन् । त्यो भनेको सही तथा क्रान्तिकारी कम्युनिष्टहरु र उनीहरुका समर्थक जनतामा नकारात्मक असर पर्ने गरी ओली र प्रचण्डको सतही विरोध होस् भन्ने हो । आखिरमा ओली, प्रचण्ड र आफू तिनै जना नेपालबाट सर्वहारावर्गीय मुक्तिको कुरा गर्ने कम्युनिष्ट क्रान्तिकारीहरुको उन्नति र विकास नहोस् भन्ने नै हो । आखिरमा लेनिनको भनाइमा त यी तिनै जना नेपालका लागि काम गर्ने पु“जीवादी लेफ्टिनेन्ट सावित भइसकेका ‘कम्युनिष्ट’नै हुन् । ओली, प्रचण्डले सरकारमा बसेर क्रान्तिकारी कम्युनिष्टहरुलाई अपराधी घोषित गर्ने कसरत गर्दै छन् र अदालतले निर्दोष सावित गरेकाहरुलाई अदालतबाटै फेरि पक्डने आदेश दिएर जेलमा राख्दै छन् भने बाबुराम भने सरकारको प्रतिपक्षमा रहेर ओली, प्रचण्डलाई देखाउँदै ‘कम्युनिष्टको लक्ष्य भनेको आसेपासे र कार्यकर्ता पोस्ने मात्र हो ।’ भन्दै छन् ।
के उनलाई थाहा छैन् ? माक्र्सवादी–लेनिनवादी–माओवादी आन्दोलनको मूल लक्ष्य तथा उद्देश्य समाजमा विद्यमान सबै प्रकारका शोषण उत्पीडनको अन्त्य हो । तर उनी त्यसलाई बंगाउदै कम्युनिष्ट आदर्श, दर्शनका विरुद्ध विषवमन गर्दै छन् । के सही हो भने केपीओली, प्रचण्डजस्ताबाट जे काम भइरहेको छ, त्यो कम्युनिष्ट लक्ष्यअनुसार भएको छैन । त्यसैले माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन, सिद्धान्तबाट अलगथलग भएका नेताहरुबाट यस्ता काम हुनु भनेको दलाल पु“जीपतिका लेफ्टिनेन्टहरु तथा नोकरशाहहरुबाट हुने र गरिने काम हो, जसलाई बाबुरामले जानी–जानी कम्युनिष्ट लक्ष्य भनेर व्याख्या गर्नु उनको सैद्धान्तिक टाट पल्टयाई सिवाय केही होइन । [email protected]
जनधारणा साप्ताहिक


















