प्रेमिकासँग माफी माग्न होर्डिङ बोर्ड

237

छिमेकी मुलुक भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ । खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ बोर्ड राखेका छन् । त्यो पनि एकैरातमा । उनले प्रेमीसँग माफी माग्दै टाँसिएको सडकका होर्डिङ बोर्डमा लेखिएको छ– Shivade, I am sorry !!

सञ्चारमाध्यमहरुले यसबारे खबर प्रकाशमा ल्याएपछि अहिले यो शहरको तातो विषय बनेको छ । शहर तथा सामाजिक सञ्जालमा यो विषयले चर्चा पिटेपछि स्थानीय प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान थालेको जनाएको छ । समाचार अनुसार सामान्य व्यवसाय गर्दै आइरहेका खेडेकर एमबीएका विद्यार्थी हुन् । उनको उमेर २५ वर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here