नेपाली सेनाकाे कराैडाैं रुपियाँ बैंकहरुमा डुब्दै

113

काठमाडौँ / नेपाली सेनाले सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित कल्याणकारी योजना तथा पछिल्ला गतिबिविहरु सम्बन्धमा जानकारी गराएको छ ।

स्वास्थ्य, शिक्षा, रोजगारी तथा आवास लगायत दैनिक जीवनयापनको लागि नभई नहुने आधारभूत क्षेत्रहरूमा लगानी गर्दै आइरहेको कोषबाट राज्यको दायित्वसमेत केही घट्नुका साथै आर्थिकरुपमा समेत योगदान पुगेको जङ्गी अड्डामा बुधवार आयोजित वार्षिक पत्रकार सम्मेलनमा बोल्दै सैनिक प्रवक्ता, सहायक रथी गोकुल भण्डारीले सो कुरा जनाएका हुन् ।

नाफा मुखी व्यवसायमा लगानी गरेर नेपाली सेना व्यापारी बन्न लागेको हो भन्ने सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता भण्डारीले सेनाले व्यापारिक गतिविधि नगरेको जिकिर गरे । ‘हामीले सैनिक तथा तिनका परिवारको जीवनस्तर सुधारका लागि सेवाभावले काम गरिरहेका छौँ’, उनले भने ‘कल्याणकारी कार्य गर्न पनि पैसा आवश्यक पर्ने हुँदा सो कार्यका लागि स्थापित कोष जोगाई राख्न सैनिक ऐन र नियमको परिधिमा रही नेपाल सरकारको स्वीकृतिमा कार्य गरिरहेका छौँ ।’

कोषको लगानीमा सञ्चालित पेट्रोल पम्प, मेडिकल कलेज लगायत त्रिचन्द्र मिलिटरी अस्पतालबारे बाहिर आइरहेका धारणाबारे स्पष्ट हुन जरुरी रहेको सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी रघु भण्डारीले बताए ।

कोष विशेष परिस्थितिमा शान्ति सेनामा भाग लिएवापत पाउने रकमबाट राष्ट्र र जनताको सेवाका लागि छुट्ट्याएको रकम भएको र स्वास्थ्य, शिक्षा जस्ता आधारभूत कुराहरूमा लगानी गर्दै सैनिक तथा तिनका परिवार लगायत आम सर्वसाधारण नागरिकहरूलाई सेवा पुर्याइरहेको निर्देशक भण्डारीको जिकिर छ ।

कोषको लगानीमा सञ्चालित पेट्रोल पम्प ‘मुलुकमा विभिन्न समयमा हुने बन्द, हडताल, सत्याग्रह लगायतका अवस्थामा सुरक्षा निकायले पेट्रोल पम्प सञ्चालन गरिदियो भने बेलाबखतमा हुने त्यस्ता समस्याबाट सर्वसाधारणलाई सहयोग पुग्छ भनेर नेपाल सरकारकै स्वीकृतिमा सञ्चालन गरिएको हो । कोषबाट सञ्चालित पेट्रोल पम्पहरू व्यापार प्रवर्द्धनका लागि होइन, देशमा पर्ने क्राइसिसको अवस्थामा आम सर्वसाधारणको सेवा र सुविधाका लागि नेपाल सरकारको निर्णय र आदेश बमोजिम सञ्चालन गरिएको उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here