प्रहरी दिवसको अवसरमा दाङमा विभिन्न प्रतियोगिता

209

दाङ/ ६३ औं प्रहरी दिवसको अवसरमा ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले आइतबार देखी विभिन्न प्रतियोगिताहरु सुरु गरेको छ ।

आज पहिलो चरणमा दौड प्रतियोगिताको आयोजना गरेको थियो । महिलाको लागि ३ हजार र पुरुषका लागि ५ हजार मिटर दौड भएको हो। जसमा नेपाल पुलिस स्कुल घोराहीकी शर्मिला घर्ती प्रथम, स्यालुट गोरखा ट्रेनिङ सेन्टर प्रालिकी विपना केसी द्वितीय र स्यालुट गोरखाकै बेलमती जिएम तृतिय भएका छन्। त्यस्तै, पुरुषतर्फ ओटस ट्रेनिङ सेन्टरका अम्बर खत्री प्रथम, स्यालुट गोरखाका रोशन राना द्वितीय र लोटसका कुशल रायमाझी तृतीय भएका हुन्।

तुलसीपुरको अरनिको मैदानमा सोना सिमेन्टका प्रतिनिधि रेमन्त ढकाल र ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख एवं डिआइजी शेरबहादुर बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका थिए । उक्त प्रतियोगितामा दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्मा र प्रदेश प्रहरीका प्रहरी निरीक्षक गणेश नराल लगायतले सहभागिता जनाएका थिए।

६३ औं प्रहरी दिवसको अवसरमा तुलसीपुरमा प्रदेश स्तरीय टेबल टेनिस र व्याटमिन्टन प्रतियोगिता पनि आइतबार वाट सूरु भएको छ । टेबुल टेनिस संघ दाङका अध्यक्ष भास्कर मजगैयाको अध्यक्षता एवम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतको प्रमुख आतिथ्यता एवम प्रहरी बरिष्ठ उपरिक्षक नरबहादुर के.सी.को बिशिष्ट आतिथ्यतामा भएको औपचारिक कार्यक्रममा बोल्दै डिआजी वस्नेतले प्रहरी दिवसको अवसरमा प्रदेश कार्यालयले बिभिन्न कार्यक्रमहरु सुरु गरेको जनाउनुभयो । उहाँले प्रहरी र नागरिक विच समधुर सम्वन्ध कायम गर्दै समाजलाई सकारात्मक रुपमा अगाडी बढाउन ६३ औं प्रहरी दिवसले भुमीका खेल्ने वताउनु भयो ।

यसै विच आज देखी सुरु भएको टेबुलटेनिस प्रतियोगिताको एक कार्यक्रमका बिच डिआइजी शेर बहादुर बस्नेत र रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी ले संयूक्तरुपमा खेलको उद्घाटन गर्नु भएको थियो ।

यस्तै, कविता प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न व्यक्तिबाट प्राप्त रचनाहरू छनोट गर्ने कार्य जारी रहेको जानकारी दिइएको छ । विभिन्न प्रतियोगिताका विजेताहरूलाई असोज २५ गते एक कार्यक्रमका बीच पुरस्कार वितरण गर्ने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here