शान्ति समाज दाङ को कार्यालय स्थापना

171

तुलसीपुर/ मानवअधिकार तथा शान्ति समाज दाङको कार्यालय स्थापना गरीएको छ । तुलसीपुरको वीपी चोकमा एक कार्यक्रमका विच २१ बर्ष पछि समाजले पहिलो पटक आफ्नै कार्यालय स्थापना गरेको जिल्ला सभापति शरद रेग्मीले जानकारी दिनुभएको छ । शान्ति समाजको कार्यालय नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले बोर्ड स्थापना गर्नुभएको हो । यस अघि शान्ति समाजको कार्यालय नहुँदा झोलाबाट कार्यालय सञ्चालन गर्नु पर्ने वाध्यात्म अवस्थाको अत्य भएको जनाएको छ ।

कार्यालय स्थापना संगै कार्यालयमा एउटा दराज समाज सेवि ध्रुव गौतमले सहयोग गर्नुभएको छ । कुनै पनि गैरसरकारी संस्थाहरुबाट आर्थिक सहयोग नलिने तर शान्ति समाजका सदस्यहरु र शुभेच्छुकहरुबाटको सहयोगमा मात्र हरेक कार्यक्रम हरु सचनलन गर्ने केन्द्रीय नीति भएकोहुदा शान्ति समाजलाई समाज सेविहरुले सहयोग गरेकोमा अध्यक्ष रेग्मीले धन्यवाद दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here