भीभीआईपीलाई सुरक्षा दिँदा सर्वसाधारणलाई असर

134

काठमाडौं/ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका भाग लिन नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षा दिने क्रममा उपत्यकामा ट्राफिक व्यवस्थापन बुधबारबाटै अस्तव्यस्त भएको छ ।

ट्राफिक प्रहरीले सम्मेलनमा सहभागि हुन आउने पाहुनाको सहजतालाई मध्यनजर गर्दै उपत्यकामा बुधबारदेखि शुक्रबारसम्म जोर विजोर नम्बरका सवारी सञ्चालन गर्न अनुमति दिएको थियो । जसका कारण
आज बुधबार सबै विजोर नम्बरका गाडी मात्रै चलेका छन् ।

जोरविजोर प्रणाली लागुभएपछि सडकमा सवारी साधनको संख्या कम भएको छ । तर, सवारी साधन कम भएपछि सर्वसाधरणले घण्टौ कुर्दा पनि यात्रा गर्न पाएका छैनन भने कतिपय ठाउँमा सवारी साधनलाई आवतजावत गर्न रोक लगाइएको छ । सार्वजनिक यातायात चढ्ने यात्रुहरु हिँडेरै गन्तव्यतर्फ लाग्न बाध्य भएका छन् ।

ट्राफिक प्रहरी महाशाखाले विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रुट निर्धारण गरेको छ । वैकल्पिक रुटका रूपमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म निर्धारण गरिएको छ । यसैगरी विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको अर्को वैकल्पिक रुट तय गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here