विप्लव नेकपा विरुद्ध सरकारको निर्दलीय अभ्यास

280

काठमाडौं/ कम्युनिष्टको आवरणमा जनताबाट मत प्राप्त गरेर दुई तिहाई बहुमतको सरकार निर्माण गरेपछि वर्तमान सरकारका गतिविधि कम्युनिष्ट पार्टीलाई नै प्रतिबन्ध लगाउने तर्फ लक्षित देखिएका छन् । खासगरि तत्कालका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिहरुलाई नियन्त्रण गर्ने प्रयास सरकारको देखिन्छ । सामान्य शान्तिपूर्ण गतिविधिमा समेत नियन्त्रण गर्ने सरकारको रवैया पञ्चायतकालको निर्दलीय पद्वतिमा जस्तै देखिन थालेको छ । सरकारबाट भइरहेका यस्ता गतिविधिले तत्कालका लागि विप्लव पक्षलाई मात्र प्रभावित तुल्याएपनि यो अभ्यास खतराउन्मुख देखिन्छ । सरकारले हालै जारी गरेको मुलुकी संहितामा व्यवस्था गरिएक प्रावधानहरुले सरकारको आगामी कार्यदिशालाईै निर्दिष्ट गरेको रुपमा बुझ्न सकिन्छ ।

यसै क्रममा सरकारले दश वर्षे जनयुद्वकालमा जेल ब्रेक गरेकी महिला कार्यकर्ताकोे रुपमा चर्चित पात्र उमा भुजेललाई गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपामा आवद्व उनी कुनै हिंसात्मक गतिविधिमा लागेको आरोप सरकारले सकेको छैन । सरकारले विप्लव नेतृत्वको नेकपाका जनवर्गीर्य संगठनहरुलाई समेत दमन गरिरहेको छ । चन्दा रसिद र छाप समेत बरामद गरेर पञ्चायति निरकुंशकालको गतिविधिको सम्झना सरकारले गराइरहेको भन्दै विभिन्न राजनीतिक विश्लेषकहरुले सरकारको गतिविधिको विरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here