ग्लोबल आईएमई बैंकले रेष्टुरेन्टसम्म पहुँच बढायो

380

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र बोता फुड एण्ड रेष्टुरेन्ट प्रा.लि.बीच ग्राहकहरूलाई छुट दिनेसम्बन्धी सम्झौतापत्र भएको छ । अब ग्लोबल आईएमई बैंकका ग्राहकहरूले बोता रेष्टुरेन्टका सम्पूर्ण खानेकुरामा १५ प्रतिशत छुट प्राप्त गर्ने सक्ने छन् । उक्त छुट ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड भएका ग्राहकहरूले प्राप्त गर्ने जनाइएको छ ।

उक्त सम्भौतापत्रमा बोता फुड एण्ड रेष्टुरेन्टका सञ्चालन प्रमुख भुवन आचार्य र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थाहरूसँग यस्ता साझेदारी गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here