चैते धानको न्यूनतम समर्थन मूल्य तोक्याे

44

काठमाडाैं ।  सरकारले चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ६९ पैसा तोक्ने निर्णय गरेको हो ।

साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । अस्ति फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरिएको हो ।

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट किन नहटाउने ? भनी तीन दिनभित्र सफाइ पेश गर्न मौका दिएको र यसका लागि उर्जा मन्त्रालयलाई पत्राचार गर्न अनुमति दिएको, स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई बढुवा गर्नेलगायतका निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here