बिमस्टेकका पाहुनासंग राष्ट्रिपतिको भेटघाट र लञ्च

145

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई सामूहिक भेट गरेकीछिन् ।

साढे १२ बजेटबाट भेट सुरु भएको उक्त भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी रहेका छन्।

भेट लगत्तै राष्ट्रपति भण्डारीले सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाको सम्मानमा सामूहिक दिवा भोज आयोजना गरेकी छिन् ।

दिवाभोज पश्चात सबैजना सम्मेलन आयोजनास्थल सोल्टीमा प्रस्थान गर्ने सबै राष्ट्रका कार्यकारी प्रमुखले तीन बजे सम्बोधन गर्नेछन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ६ बजेदेखि साढे ९ सम्म उनीहरुको सम्मानमा हयात होटलमा रात्री भोजको आयोजना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here