समापन नहुँदै किन फर्किए बिमस्टेकका सहभागीहरु ?

273

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) बैठकको समापन शुक्रबार दिउँसो २ बजे हुँदैछ । तर सम्मेलन समापन हुनुअघि बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फर्कने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार हसिना शुक्रबार दिउँसो १ बजे फर्कने कार्यक्रम छ । त्यस्तै थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार दिउँसो साढे १ बजे र म्यानमारका राष्ट्रपति साँझ ४ बजे स्वदेश फर्कदैछन् ।

काठमाडौंमा आयोजना भएको बिमस्टेक सम्मेलनमा भाग लिन आएका दुई सहभागिहरु समापन नभई फर्किनुले सम्मेलनको महत्व घटेको महसुस गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here