सरकारको नीतिले लण्डनमा घरविहिन बढे : लण्डन मेयर

388

लण्डन/ बेलायतको लण्डनका मेयर सद्धिक खानले केन्द्रीय सरकारको नीतिका कारण लण्डनमा घरबारविहिनहरू बढेको जनाउनुभएको छ ।

प्रधानमन्त्री टरिजा मेको समाज सुधार अभियानका कारण राजधानीबासी नै घरबार विहिन हुनु परेको मेयर खानले शुक्रबार आरोप लगाउनुभयो ।

घरबार विहिन भएकाहरुलाई सरकारले तत्काल पर्याप्त सहयोग गरी व्यवस्थापन गर्नु पर्नेमा समेत उहाँले जोड दिनुभएको छ । यसलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न पनि उहाँले आह्वान गर्नु भएको छ ।

यस कार्यक्रमका कारण झण्डै एक लाख ३५ हजार लण्डनवासी लभान्वीत भएको दावी गरिएपनि अरु धेरै बासिन्दालाई यसले सन्तुष्ट बनाउन नसकेको टिप्पणी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here