निर्मला पन्तको परिवारलार्इ भेट्दा भावुक भइन मन्त्री बिना मगर

177

कञ्चनपुर/ खानेपानी मन्त्री बिना मगरले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलार्इ भेटेकी छन् ।

मन्त्री र सांसदहरूको टोली शनिबार भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घरमा पुगेका थिए । आमा दुर्गा पन्तले गहभरी आँशु पार्दै छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन् ।

त्यसक्रममा मन्त्री मगर पनि भावुक बनिन् । मन्त्री र सांसदहरूको टोलीले सबै मिलेर हत्यारालाई कारवाहीको दायरामा ल्याउने वचन दिएका थिए भने टोलीले आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादत प्राप्त गर्नुभएका भीमदत्त नगरपालिका–१८ भगतपुरका १४ वर्षीय शहीद सनी खुनाको परिवारलार्इ पनि भेटेको छ ।

निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको जनाउँदै नेकपाकी नेतृ समेत रहेकी मन्त्री मगरले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाइन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको मगरले जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here