साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक बृद्धि

81

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साहजनक बृद्धि भएको छ। आज सेयर बजार मापक परिसूक (नेप्से) ७३.०१ अंकले बढेर २७६५.७४ बिन्दुमा उक्लिएको छ। गत साताको अन्तिम कारोबार दिन पनि नेप्से ४३.२९ ले बढेर २६९२.४७ विन्दुमा पुगेको थियो।

आज समग्रमा नेप्से २.७१ प्रतिशतले बढेको छ। यसैगरी, आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १३।२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्‍ज ९नेप्से०का अनुसार आज कारोबार रकममा पनि उत्साहजनक बृद्धि भएको छ।

आज कूल सात अर्ब १० करोड १८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गत साताको बिहीबार कूल तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका कूल २३९ वटा कम्पनीका एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर ८२ हजार ११३ पटक किनबेच भएका छन्। कारोबारमा आएका सबै उपसूचकको सेयर मूल्य उकालो लागेको छ। आज सबैभन्दा धेरै व्यापार समूहको सेयर मूल्य बढेको छ। यस समूहको सेयर मूल्य आज ६.०८ प्रतिशतले बढेको नेप्से जानकारी दिएको छ।

आज कारोबारमा आएका १८३ कम्पनीको सेयर मूल्य उकालो लागेको छ। ६ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज कारोबारमा आएका नौ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आइतबार खरिद बिक्रीमा अपि पावर कम्पनी र प्रभु बैंक अगाडि रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here