यति एयरलाइन्सको विमान चिप्लिएर दुर्घटना

399

काठमाडौँ, १७ भदौ ।   नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ९ एनएएचडब्ल्यु’ विमान अवतरणका क्रममा शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको छ ।

विमान बेलुका  ८ः ३० बजे दुर्घटनामा परेको थियो  । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । विमानमा सवार २१ जना यात्रु सकुलशल छन् ।

जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here