काठमाडौं/ क्यानाडा र फ्रान्समा राम्रो आयआर्जन हुन्छ र त्यहाँ पुगेपछि ५ बर्षको मल्टिपल भिषा समेत लगाईदिन्छु भन्ने जस्ता प्रलोभनमा पारि मोवाईलमा Fake Visa देखाई, बिश्वास दिलाई, स्वदेश तथा बिदेशमा गरि प्रति व्यक्ति १५ देखि २५ लाख सम्म रकम लिएर नेपाल भारतको विभिन्न नाकाहरु प्रयोग गरी भारतको नयाँ दिल्ली पुर्याई त्यहाँबाट On Arrival Visa मा ईथियोपिया हुदै पश्चिम अफ्रिकी देश गिनिको राजधानी कोनाक्री भन्ने स्थानमा पुर्याई करीब ६ महिना देखि १ बर्ष सम्म अपार्टमेन्टमा बन्धक बनाई शारिरीक, मानसिक तथा आर्थिक शोषण गरी पीडकहरु सम्पर्क विहिन भई पिडितहरुलाई अलपत्र पारेको १४ जना पीडित तथा जाहेरवालाहरुबाट मिति २०७४ चैत ४ र १५ गते यस व्युरोमा मानब बेचबिखन तथा ओसारपसार मुद्दामा जाहेरी प्राप्त भएपछि अनुसन्धानको शुरुवात गरिएको थियो ।
जिल्ला दाङ, तुल्सीपुर न.पा-२ पञ्चकुले, स्थायी घर भई काठमाण्डौ बस्ने बर्ष -२७ की प्रेरणा लक्ष्मी मल्ल साथै जिल्ला दाङ, तुल्सीपुर न.पा-६, स्थायी घर भई काठमाण्डौ बस्ने बर्ष -२९ को विराज यादवलाई मिति २०७५/०५/१३ गते जि।कंचनपुरबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाण्डौबाट अनुमती लिई ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा अनुसन्धान भईरहेको जानकारी गराएको छ ।


















