श्रीमतीलाई यौन चाहना नभएमा…सक्रिय बनाउने उपाय

454

भोक, निद्रा, प्यास जस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि । यो प्रकृतिले नै दिएको कुरा हो ।यौनइच्छा जाग्ने (विकसित हुने) वा सोको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ । तर धेरैले श्रीमतीलाई यौनइच्छा नभएको गुनासो गर्ने गरेका छन् । महिलामा यौन उत्तेजना बढाउने कुनै चक्की वा औषधीको अपेक्षा गर्नु भने गलत हो ।

यौनमा सक्रिय बनाउन श्रीमतीसँग कुराकानी गर्नुहोस् र त्यसैका आधारमा अघि बढ्नुहोस् । कतै यो समस्या शारीरिक कारणले हो वा मानसिक कारणले हो, निदान गर्नु पनि निकै नै महत्त्वपूर्ण हुन्छ । थकान, कुनै शारीरिक वा मानसिक तनाव छ भने त्यसलाई कम गर्न तपार्इंले सहयोग गर्न सक्नुहुन्छ ।

यौनसम्पर्कमा पीडा हुने वा कुनै रोगव्याधि भए त्यसको समाधान गर्नुपर्छ । तपाईंहरूको बीचमा भएको अपेक्षाको तालमेल नमिलेको हो भने त्यसलाई व्यवस्थित गर्न तपाईंलाई गाह्रो नपर्ला । तपाईंहरूको बीचमा मनोमालिन्य वा सम्बन्धमा कुनै तनाव छ भने त्यसलाई पनि विशेष ध्यान दिनुपर्छ ।

यौनसम्पर्कमा रुचि नहुने कुरा मानसिक कारणले भए त्यसैअनुरूप समाधान गर्नुपर्‍यो । यसका लागि तपाईंले चिकित्सक वा मनोचिकित्सकको सहयोग लिनुपर्ने हुनसक्छ । मानसिक समस्याका लागि मनोचिकित्सकको आवश्यकता पर्छ । यसका लागि धैर्यता अनि दृढ अठोटको आवश्यकता पनि पर्नसक्छ ।

यौनइच्छा नभएको कारण शंका-उपशंका अनि अन्य व्यक्तितिर सम्बन्ध विस्तार गर्ने धेरै मानिसहरु हुन्छन यस्तो अवस्थाले वैवाहिक जीवन थप धरापमा पर्ने हुन्छ । यस्तो स्थितिमा एक-अर्काको सहयोग र एक अर्कामा विश्वास हुन जरुरी हुन्छ । एक अर्काको मन बुझ्न आवश्यकता हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here