एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फरेन्स शुभारम्भ

200

काठमाडौं/ नेपाली सेना र U.S. Indo-pacific Command Directorate of intelligence को संयुक्त आयोजनामा एसिया प्यासिफिक क्षेत्रमा पर्ने मित्रराष्ट्रहरुका उच्च सैनिक रथीबृन्द तथा अधिकृत प्रतिनिधिहरु सहभागी गराई मिति २०७५ भाद्र १८ गतेबाट शुभारम्भ भएको ११ औँ Asia Pacific Intelligence Chiefs Conference (APICC) को आज मिति २०७५ भाद्र १८ गते कामु प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले उद्घाटन गर्नु भएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ मित्रराष्ट्रहरुका उच्च तहका सैनिक अधिकृतहरु ८३ र नेपाली सेनाको तर्फबाट २० जना गरि जम्मा १०३ जनाको सहभागिता रहेको छ । भाद्र २० गतेसम्म सञ्चालन हुने यस कन्फरेन्समा सहभागी हुन आउनु भएका उच्च तहका विदेशी सैनिकहरुलाई नेपालका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराउने कार्यक्रम समेत रहेको छ ।

यस प्रकारको बहु-राष्ट्रिय संयुक्त कन्फरेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान हुन गई सैनिक Intelligence क्षमतामा थप अभिबृद्धि गर्न मद्धत पुग्नुको साथै मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

होटल हायतमा भएको सो उद्घाटन समारोहमा नेपाली सेनाका रथीबृन्दहरु, रक्षा मन्त्रालयका प्रतिनिधि तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here