रहस्यमय बन्दै पूर्वराजदूतको हत्या

96

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन ।

गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भएको थियो । घरमा झादम्पती मात्रै बस्दै आएका थिए । श्रीमती पहिलो तलामा सुत्थिन् भने उनी भुइँ तलामा । घर बन्द भएकाले कसरी हत्यारा घरभित्र छिरे भन्नेमै प्रहरी अल्झिएको छ । जसले ‘हाइप्रोफाइल मर्डर’ अनुसन्धानमा प्रहरीले केही तथ्य भेटाउन सकेको छैन । नयाँ पत्रिकाबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here