डलरको मूल्य अहिलेसम्मकै उच्च, नेपाललाई कस्तो असर पर्ला ?

150

काठमाडौँ/ पछिल्लो समय अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएपछि डरलको मूल्यमा वृद्धि भएर विश्व अर्थतन्त्रलाई प्रभावित बनाइरहेको छ ।

डलरको मूल्य सम्बन्धित देशको आर्थिक गतिविधिमा निर्भर हुन्छ । बलियो अर्थतन्त्रले विश्वभरको लगानी आकर्षित गर्छ । अमेरिकी अर्थतन्त्र यतिबेला बलियो देखिएकाले उसले विश्वभरको लगानी आकर्षित गरिरहेको खबरहरू आइरहेका छन् ।

नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेपाल र भारतको विनिमयदर स्थिर राख्नु नै नेपालका लागि फाइदा भएको तर्क गर्छन् । भारतीय मुद्रासँग नेपाली मुद्रालाई स्वतन्त्र छोडिँदा भारतीय अर्थतन्त्र बलियो हुनेवित्तिकै नेपाली रुपियाँ झन् कमजोर भई नेपालले नोक्सानी बेहोर्नुपर्ने स्थिति आउन सक्ने क्षेत्रीको भनाइ छ । भारतमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन कम भएपछि र भएका लगानी पनि फिर्ता जान थालेपछि भारतीय मुद्रामा धक्का लागेको खबरहरू सार्वजनिक भएका छन् ।

भारतसँगको स्थिर विनिमयदरका कारण भारतीय रुपियाँ डरलको तुलनामा निकै कमजोर भएपछि त्यसको प्रक्ष्यक्ष असर नेपाली रुपियाँमा पर्न गएको हो । वि.सं २०१३ सालमा भारत र नेपालको स्थिर विनिमयदर कायम भएको हो । डलरको बढ्दो मूल्यसँगै भारतको चालुखाता लगातार घाटामा गइरहेको छ । यद्यपि भारतमा विदेशी मुद्राको सञ्चिती पर्याप्त रहेको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसले गर्दा तत्काल महँगी नबढ्ने पनि उनीहरूले भनेका छन् ।

पछिल्ला दिनहरूमा डलरको माग अत्यधिक र आपूर्ति सो अनुसार हुँन नसक्दा मूल्य आकासिएको छ । बुधबार (आज) एक अमेरीकी डलर खरिद गर्न ११४ रुपियाँ २४ पैसा खर्चर्नुपर्छ । यो अहिलेसम्मकै उच्च हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here