समयमा रोगको निदान र उपचार भएमा धेरै जसो क्यान्सर रोग निको हुन्छ : प्रा.डा. पौडेल

273

काठमाडौं/ नेपालमा धेरै जसो क्यान्सर रोगीहरु जनचेतनाको अभाव र प्रयाप्त स्वास्थ्य सुविधाको अभावले गर्दा अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने कुरा प्रा.डा. विष्णु दत्त पौडेलले उपचार खर्च बढी र उपचारको प्रभावकारीता कम हुने कुरा जनाउनु भयो । समयमा रोगको पहिचान र उपचार भएमा धेरै जसो क्यान्सर निको पार्न सक्ने कुरा उहाँले उल्लेख गर्नु भयो ।

क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छे« बैंकको सहकार्यमा ललितपुरको जाउलाखेल स्थित डिएभि शुशिल केडिया स्कूलमा सुर्तीजन्य पदार्थको रोकथाम बारेमा संचालित अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रममा प्रा.डा. पौडेलले सुर्तीजन्य पदार्थकै कारण क्यान्सर, मुटु, दम लगायत विभिन्न किसिमका रोगहरुबाट हजारौं मानिसहरु प्रभावित भएको कुरा जनाउनु भयो । सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सकेमा हजारौं मानिसलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सक्ने कुरा जनाए ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि विद्यालयस्तरबाटै संस्थाले सुर्तीजन्य पदार्थ विरुद्ध अभियान संचालन गर्दै आएको कुरा बताउनु भयो । किशोर किशोरीहरु गलत संगतले गर्दा सुर्तीजन्य पदार्थबाट प्रभावित भएको उदाहरण जनाउँदै, अध्यक्ष कडरियाले अभिभावकहरुले आफ्नो बालबालिकाको बारेमा उचित ध्यान दिनु पर्ने कुरा बताउनु भयो । माछापुच्छे« बैंकका प्रतिनिधि सुजीना राजभण्डारीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नकारात्मक बानीहरु त्यागी, सानै उमेर देखि आर्थिक बचत गर्न उत्साहित गर्दै वित्तिय साक्षरताको बारेमा प्रष्ट पार्नु भयो । उनले आर्थिक रुपमा सबल हुनको लागि सानै उमेरदेखि बचत गर्ने बानी बसाल्नु पर्ने कुरा प्रष्ट पार्नु भयो ।

डिएभि शुशिल केडिया विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र खनालले सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालले अभियान संचालन गरेकोमा प्रशंसा गर्दै विद्यालयको तर्फबाट पनि यस्ता सामाजिक अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, शिक्षक र अन्य कर्मचारीहरु गरि ७५० जनाको सहभागीता थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले पनि सुर्तीजन्य पदार्थ रोकथामको लागि आफ्नो तर्फबाट योगदान गर्ने प्रतिबद्धता जनाए । उनीहरुले आफूले सिकेको कुरा समाज र छिमेकमा जानकारी गराउने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here