काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा यसअघिको मन्त्रिपरिषद्कै सदस्यहरु दोहोर्याएका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्। शुक्रबार राष्ट्रपति भवनमा सपथ लिने मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन्।
त्यस्तै भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लिलानाथ श्रेष्ठ, प्रेम आले, दामा लामा तामाङ र जुलीकुमारी महतो छन्।
राज्यमन्त्रीहरु नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।


















