दाङ/ मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अन्तराष्ट्र्य दिवसको अवसरमा बुधवार तुलसीपुरमा जनचेतना मुलक प्रभातफेरी कार्यक्रम गरिएको छ ।
सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवं प्रदेश नं ५का प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मानव बेचविखन रोक्नमा अभिभावकको भुमिका अपरिहार्य रहेको जनाए ।
सो अवसरमा प्रदेश नं ५ का प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले मानव ओसार पसारमा बैदेशिक रोजगारसंग समेत जोडिएको भन्दै तेस्रो मुलुक हुँदै वैदेशिक रोजगारमा जाने लाई कडा निगरानीमा राख्नुपर्ने धारणा राख्नुभएको थियो । साथै उँहाले यस्ता सचेतनाका कार्यक्रम हरु गाउँ गाउँ मा समेत सञ्चालन गर्नु पर्नेमा जोडदिनुभयो ।
सो अवसरमा महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुस्मा गिरी लगाएतले मानव बेचविखनका क्रियाकलाप रोक्न सबै एक भएर लाग्नुपर्ने जनाउनुभयो । उँहाले नयाँ बनेका ऐन तथा नियमहरु अक्षरस लागु गरेर महिला तथा पुरुषहरुको रक्षा गर्न सरकारले कदम चाल्नुपर्ने समेत जनाउनुभयो।
कार्यक्रम सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरको आयोजना, इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वय तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा भएको हो ।
अरनीको मैदानबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बजारका विभिन्न ठाउँ परिक्रमा गरि विपी चौकमा पुगी कोणसभामा कार्यक्रममा परिणत भएको थियो ।
ईलाका प्रहरी कार्यालय तसलसिपुरका प्रमुख डिएसपि प्रकाश सापकोटाले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरका सचिव शरद रेग्मीले गरेका थिए।


















